बेनीमा एकीकृत पाठ्यक्रम सम्बन्धि १० दिनेटिपिडीप्रमाणिकरणतालिम सम्पन्न-Update - Reporters7

Breaking

Post Top Ad

 


Sunday, July 17, 2022

बेनीमा एकीकृत पाठ्यक्रम सम्बन्धि १० दिनेटिपिडीप्रमाणिकरणतालिम सम्पन्न-Update


म्याग्दी , १ साउन

म्याग्दी । बेनीमा एकीकृत पाठ्यक्रम सम्बन्धी१० दिने शिक्षकको पेशागतविकास (टिपिडी) प्रमाणिकरणतालिम सम्पन्नभएको छ । शिक्षातालिम केन्द्र तनहुँको आयोजनातथाविस्तारित शाखा बेनीको समन्वयनमा राष्ट्रियपाठ्यक्रमप्रारूप, २०७६ को कार्यान्वयनशिक्षकको पेशागतविकासकालागिआधारभूततह (१–३)माअध्यापनरत शिक्षकहरुकालागिएकीकृत पाठ्यक्रम सम्बन्धि १० दिने शिक्षकको पेशागतविकास (टिपिडी) प्रमाणिकरणतालिमगरिएको हो । 


विस्तारित शाखाकाप्रशिक्षकझलक प्रसाद सुवेदीको संयोजकत्वमा सञ्चालिततालिममाशिक्षातालिम केन्द्र तनहुँका  प्रकाश देवकोटा, दामोदर कार्की, रोष्टर शिक्षकइन्द्राखड्का र बालकृण्ण सापकोटाले सहजीकरण गरेकाथिए ।


कक्षाको सहजीकरणगर्दै शिक्षातालिम केन्द्रकाप्रशिक्षकझलक प्रसाद सुवेदीले एकीकृत पाठ्यक्रमआधारभूततहअन्तर्गत कक्षा १ देखि ३ को पाठ्यक्रमको समग्र संरचनालाई सेरोफेरो, गणित र भाषाअन्तर्गत नेपाली र अङ्ग्रेजी गरी चार विषय क्षेत्रमा समायोजन गरी बहुविषयक र केहीविषयगत क्षेत्रमा सङ्गठितगरिएको बताए । संरचनागत रूपमागणित र भाषाविषयहरू बहुविषयकढाँचामानिर्मित छन् । सिकाइउपलब्धितथाविषयवस्तुहरू अन्तरसम्बन्धितथिममाआधारित छन् भने सेरोफेरोमा समावेश भएकाविषयहरूलाई अन्तरविषयकढाँचामाएकीकृत गरिएको हुँदाउक्तविषयक्षेत्रको शिक्षणसिकाइक्रियाकलापएकीकृत रूपमा सञ्चालनगर्नुपर्ने सुवेदीले बताए ।


शिक्षातालिम केन्द्र तनहुँकाप्रकाश देवकोटाले विभिन्नविषयगतज्ञान र सीपहरुलाई एकिकृत रुपमासिकाउन सकिने गरी दुई वादुई भन्दाबढीविषयहरुको संयोजन गरी तयार गरिएको एक अर्को विषयबिचको उद्देश्यहरुसँगै मिलाएर सिकाउन सकिने पाठ्यक्रमएकीकृत पाठ्यक्रमभएको बताए । बहु विषयक र अन्तर विषयकढाँचामातयार गरिएका यस पाठ्यक्रम केवलप्रारूपमामात्रनयाँनभएर शैक्षणिक रूपान्तरण नै भएकोले यसको कार्यान्वयनमा साझाप्रयास अपरिहार्य रहेको उनको भनाई थियो । अहिलेको एकीकृत पाठ्यक्रमले तोकिएको सबै विषयकाविषयबस्तु तथा क्षेत्रमा साझाथिमनिर्माण गरेको छ । विद्यार्थीका दैनिकजीवनकायथार्थ समस्या समाधानगर्न सहयोग पु¥याउन सोचाई सिप, वैयक्तिक सीपहरु, अन्तरवैयक्तिकसिपहरु, सूचनाप्रविधितथा बहुसाक्षरतासिपहरु र नागरिक सिपपाँच क्षेत्रमा २९ वटाब्यवहार कुशल सीपहरू रहेको उनले बताएकाछन् । विषयगत रुपमाएकीकृत गरेर तोकिएकासिकाइउपलब्धिवा सक्षमतालाई व्यवहार कुशलसिपसँगजोड्ने र बालबालिकाहरूले उक्तसिपहासिलगर्नकालागिबिभिन्नक्रियाकलापमा सरिक गराउँदै सिकाइ सक्षमतासँगजोड्ने कुरामाजोड दिंदै शिक्षकको क्षमताविकास गर्नुपर्ने कुरा सहजकर्ता प्रकाश देवकोटाले बताएकाछन् ।


‘एकीकृत पाठ्यक्रममाविद्यार्थी मूल्याङ्कनअर्को जटिलपक्षको रूपमा रहेको छ, विद्यार्थी मूल्याङ्कनलाई शिक्षणसिकाइसँग कसरी जोड्ने ?विद्यार्थी मूल्याङ्कनगर्दा निर्धारित सिकाइउपलब्धिविद्यार्थीले के कतिहासिलगर्न सके सकेनन् भन्ने लेखाजोखागर्न सकिने प्रक्रिया र साधनको प्रयोग कसरी गर्ने ?सिकाइलाई कसरी श्रेणीकरणगर्ने ?सिकाइको अवस्था १, २ वा ३ रहने विद्यार्थीको लागिपटकपटकथपसिक्ने अवसर दिई सिकाइ स्तर ४ मा पुर्याउनथपउपचारात्मकसिकाइ कसरी गर्ने र त्यसपछिउपलब्धिस्तरलाई अक्षराङ्कनपद्धतिसँगमिलान गरी विद्यार्थीको सिकाइस्तरलाई ग्रेडिङ गनुपर्ने कुरामाशिक्षकहरूलाई सहायता पु¥याउनु पर्ने सहजकर्ता दामोदर कार्कीलेबताए। सहजीकरणकै क्रममापाठ्यक्रम, शिक्षकनिर्देशिका, विद्यार्थी कार्यपुस्तक र विद्यार्थी मूल्यांकनकार्यविधिको अन्तरसम्बन्ध र प्रयोगबारे पनि सहभागीबाटउठेकाप्रश्नहरूको समाधानगर्दै आगामीदिनमापनि परस्परमासिकाइतथाज्ञानसिपआदानप्रदानगर्दै पाठ्यक्रमको कार्यान्वयनमाहातेमालो गरिने सुवेदीले बताएकाछन् ।

कार्यक्रममारोष्टर शिक्षकइन्द्राखड्काले नेपालीविषय र बालकृष्ण सापकोटाले अंग्रेजीविषय, प्रशिक्षकझलक सुवेदीले गणितविषयको पाठ्यक्रम, विद्यार्थी कार्यपुस्तकबारे सहजीकरण गरेकाथिए । कार्यक्रममाअनुभवमन्तब्य राख्दै शिक्षकविजयशर्मा र दिलमायाश्रीसले तालिमप्रभावकारी भएको बताए । उनिहरुले  प्रत्येक शिक्षकको मनमष्तिष्कबाट नै शैक्षिक परिवर्तनको अभ्यास शुरू हुने भन्दै तालिममासिकेका कुराहरु व्यावहारमालागु गर्नेप्रतिवद्धता समेत जनााए । तालिममा३० जनाशिक्षकहरुको सहभागिताथियो ।


No comments:

Post a Comment