सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु-Update - Reporters7

Breaking

Post Top Ad

 


Saturday, July 16, 2022

सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु-Update


 कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ । से ४ प ४९३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कैलारी गाउँपालिका–१ बस्ने २१ वर्षीय नैनबहादुर चौधरीको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीका अनुसार शुक्रबार राति दुर्घटनामा घाइते भएका चौधरीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।


दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीलाई साझा सामुदायिक हेल्थ क्लिनिक मसुरिया लगिएको थियो । हेल्थ क्लिनिकमा पनि उपचार हुन नसकेपछि धनगढीस्थित नवजीवन अस्पताल रिफर गरिएको थियो । नवजीवनबाट पनि उपचार सम्भव हुन नसकेपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएकोमा चौधरीको शनिबार बिहान मृत्यु भएको हो ।


त्यस्तै, मोटरसाइकल दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मोटरसाइकल पछाडि सवार बर्दगोरिया गाउँपालिका–३ का ३१ वर्षीय जगदीश चौधरीको ठक्करबाट चार वर्षीय नितेश खाती घाइते हुनुभएको हो । 


नितेशको सौगात मेडिकल बडैपुरमा उपचार भइरहेको र जगदीशको साझा सामुदायिक हेल्थ क्लिनिक मसुरियामा सामान्य उपचारपछि धनगढीस्थित नवजीवन अस्पताल रिफर गरिएको  प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment