प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका यस्तो छ - Reporters - Reporters7

Breaking

Post Top Ad

 


Saturday, May 27, 2023

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका यस्तो छ - Reporters

 


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ । 
शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।

भारत भ्रमणको तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा जानेछन्  । 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधि मण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्छने छन्  ।

वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै  भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उहाँको प्रतिनिधि मण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रूपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने छन् ।

यसैगरी, प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत शङ्कर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । 

प्रधानमन्त्री प्रचण्ड जेठ २० मा काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोसराेबरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

No comments:

Post a Comment