वन्यजन्तु चोरीशिकार गर्ने दुई युवा भरुवा बन्दुक सहित पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, May 31, 2023

वन्यजन्तु चोरीशिकार गर्ने दुई युवा भरुवा बन्दुक सहित पक्राउ

  

  

वन्यजन्तु चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्जले दुई चेपाङ युवालाई पक्राउ गरेको छ । 

निकुञ्जका सूचना अधिकारी गणशे तिवारीले जारी गरेको विज्ञप्ति अनुसार निकुञ्जले कालिका नगरपालिका–११ सैपाङ बस्ने २९ वर्षीय राज चेपाङ र सोही ठाउँका ३५ वर्षीय सुन्दर चेपाङलाई नियन्त्रणमा लिएको हो ।

वन्यजन्तु चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा निकुञ्ज सुरक्षार्थ तैनाथ खड्क दल गणबाट खटिएको संयुक्त अप्रेशन टोलीले राजलाई सौराहाबाट जेठ १३ गते र सुन्दरलाई आफ्नै घरमा बसिरहेको अवस्थामा जेठ १४ गते नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ ।

उनीहरुबाट दुई थान भरुवा बन्दुक पनि निकुञ्जले बरामद गरेको छ । 

पक्राउ परेको बन्दुक जिल्ला प्रहरी कार्यालयलाई बुझाएर उनीहरुमाथि वन्यजन्तुको कसुरसम्बन्धी अनुसन्धान भइरहेको निकुञ्जले विज्ञप्तिमा उल्लेख गरेको छ ।

No comments:

Post a Comment