होटलमा मृत भेटिएकी समीक्षाका प्रेमी पक्राउ- Update - Reporters7

Breaking

Post Top Ad

 


Sunday, July 17, 2022

होटलमा मृत भेटिएकी समीक्षाका प्रेमी पक्राउ- Update


बुटवलको गोलपार्क स्थितएक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की १७ बर्षिय समीक्षा गुरुङको घटनामा अनुसन्धानका लागि प्रेमी र होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

असार २५ गते शनिबार बुटवल गोलपार्क स्थित होटल पाल्पालीमा झुन्डिएको अवस्थामा समीक्षा फेला परेकी थिईन । अघिल्लो रात एक युवकसँग आएकी गुरुङ विहान होटलमा झुन्डिएको अवस्थामा फेला परेपछि घटना रहस्मय भएको थियो । प्रहरीले समिक्षासँग होटलमा रात बिताएका प्रेमी बुटवल उपमहानगरपालिका–३ का २० वर्षका असिम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै प्रहरीले प्रेमी असिमसँगै होटलका सञ्चालक ४३ बर्षिय रामप्रसाद अर्याललाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनु भयो । असार (२५) गते शुक्रवार राति होटलमा बस्न गएका दुईजना मध्ये श्रेष्ठ शनिवार बिहान बिल तिरेर निस्केको प्रहरीसँग बयान दिएका छन् ।

पक्राउ परेका प्रेमिले समीक्षासँग सम्बन्ध राम्रो भएको र होटलमा बसेको स्विकार गरेको बयान प्रहरी समक्ष दिएको डिएसपि केसीले बताउनु भयो । प्रहरीका अनुसार समीक्षा र असिम होटलको कोठा नम्बर १०५ मा रात बिताएका थिए । समीक्षा बुटवलमा घर भएपनि एसइईपछि स्टाफ नर्स पढ्ने तयारीको लागि काठमाडौँ बस्ने गरेको परिवारले बताएका छन् । काठमाडौं अध्ययनका लागि पुगेकी समीक्षा असार २३ गतेमात्रै बुटवल आइएकी थिइन् ।

बुटवलको अमर पथमा पसल गर्ने प्रेमी श्रेष्ठसँग पहिल्यैदेखि सम्बन्ध रहेको प्रहरी बयानमै बताएका छन् । असार २४ गते फोनमा कुराकानी भएपछि समिक्षा र असिम होटल गएर रात बिताएका हुन ।

विहानै पसल खोल्न असिम निस्केको र होटेलमा विवरण समेत नराखेकाले खोजी गर्न निकै मिहेनत गर्नुपरेको प्रनाउ केसीले बताउनु भयो । मृतक समिक्षाका बुवा सन्दीप गुरुङले जबरजस्ती करणी गरि आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरेको डिएसपि केसीले बताउनु भयो ।

होटल सञ्चालक विरुद्ध पनि मुद्धा परेकाले प्रहरीले होटल सञ्चालकलाई पनि पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टमा गुरुङ झुन्डिएको भन्ने उल्लेख छ । घटनाबारे प्रहरीले आवश्यक अनुसंन्धान अघि बढाएको जनाएकोे छ । नेपाल समाचार 

No comments:

Post a Comment