मोबाइल चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली बरामद-Update - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, July 13, 2022

मोबाइल चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली बरामद-Update


झापाको भद्रपुरमा मोबाइल चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

भद्रपुर नगरपालिका–५ मा अवस्थित  प्रियंका मोबाइल पसलबाट २९ थान मोबाइल, दुई थान घडी र ६१ हजार पाँच सय नगद गरी कुल पाँच लाख १८ बराबरको सामान चोरी गरेका व्यक्तिबाट उक्त गोलि बरामद भएको हो ।

पक्राउ परेका व्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएकामध्ये १ थान मोबाइल, मोबाइलको चार्जर २७ थान र उसको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो ।

गत २४ गते भएको चोरीको घटनापछि प्रहरीले अनुसन्धानको क्रममा २८ गते अभियुक्त पक्राउ गरेको थियो । 

यसका साथै निजले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको तालासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ । 

No comments:

Post a Comment