अर्जुनचौपारी गाउँपालिकाद्वारा कृषि औजार वितरण: वास्तविक किसान भन्छन हामीलाई थाहै छैन, पालिकाको एकलौटी - Arjunchaupari - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, July 13, 2022

अर्जुनचौपारी गाउँपालिकाद्वारा कृषि औजार वितरण: वास्तविक किसान भन्छन हामीलाई थाहै छैन, पालिकाको एकलौटी - Arjunchaupari

डिल्ली राम काफ्ले, 
असार १७,  अर्जुनचौपारी गाउँपालिकाले विभेदकारी ढंगले कृषि औजार वितरण गरेको भेटिएको छ  । 

पालिकाले  आर्थिक बर्ष  ०७८/०७९ को बार्षिक विकास कार्यक्रम अन्तर्गत रहेर गरेको कृषि औजार वितरण कार्यक्रममा मनपरी तरिकाले वास्तविक किसानको पहिचान नगरी सामाग्री वितरण गरेको सर्वसाधारणहरुले गुनासो गरेका छन्  ।

खेतीपातीको समय वास्तविक किसान जति खेतमा भएको अवसर पारी यता पालिकाले भने एकलौटी रुपमा सामाग्री वितरण  गरेको  बुझिएको छ । 

जनताका वास्तविक मर्म बुझ्न भनेर जनताकै अगाडी कसम खाएका जनप्रतिनिधिहरु जनताका साझा प्रतिनिधि भएर   वास्तविक किसान पहिचान गर्नु भन्दा पनि आफ्ना दलका र नजिकका  व्यक्ति हेरेर वितरण गरेको सर्वसाधारणहरुको गुनासो  छ । 

आँफुले  पालिकामा निवेदन दिए पनि आँफुलाई पन्छाएर पार्टीगत हिसाबले  कृषि औजार वितरण गरेको  अर्जुनचौपारी वडा नम्बर ३ का एक प्रतिनिधि किसानको गुनासो छ  । 

त्यस्तै वडा नम्बर ३  कै अर्का  एक किसानले सो कार्यक्रम बारे आँफुलाई थाहा नै नभएको समेत बताए  ।  त्यस्तै वडा नम्बर ४ संगै अन्य वडाका किसानहरुले समेत आँफुलाई सो वितरण कार्यक्र बारे केहि पनि थाहा नभएको गुनासो गरेका छन्  ।

यसरी कतिपय वास्तविक किसानलाई थाहा नै नहुनु र निवेदन दिएका वास्तविक किसानलाई सो कार्यक्रममा समेट्न नसक्नुले पालिकाको कार्यशैली र कार्यक्षमता माथि नै प्रश्न खडा गरेको छ ।  

पालिकाले आर्थिक बर्ष  ०७८/०७९ को बार्षिक विकास कार्यक्रम अन्तर्गत रहेर ५०% अनुदानमा  कृषि औजार वितरण गरेको थियो । जसअन्तर्गत रहेर पालिकाले  ३२ वटा कम्बाइन मिल संगै  ६४ वटा हाते ट्रयाक्टर  वितरण गरेको बताइएको छ   । 

यता सामाजिक सञ्जालमा समेत वास्तविक किसानलाई नसमेटिएको भनि विरोध भएको छ । प्रक्रियागत रुपमा नभई जानकारी नदिई वितरण गरिएको जनगुनासो सामाजिक संजालमा भेटिएको छ :  



No comments:

Post a Comment