स्याङ्गजाली मन्त्रि श्रेष्ठको मनपरी : बाबु आमाका नाममा रहेको ट्रष्टको लागि मात्रै एक करोड बजेट -Update - Reporters7

Breaking

Post Top Ad

 


Sunday, July 10, 2022

स्याङ्गजाली मन्त्रि श्रेष्ठको मनपरी : बाबु आमाका नाममा रहेको ट्रष्टको लागि मात्रै एक करोड बजेट -Update


गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जनताको करमाथि रजाइ गर्ने संकेत देखाएका छन्  ।  

मन्त्री श्रेष्ठले   माता स्व.धनकुमारी श्रेष्ठ र पीता पुननारायण श्रेष्ठको नाममा खोलिएको ट्रष्टमा एक करोड बजेट हालेका छन् । 


स्याङजा भीरकोट नगरपालिका–१ स्थित पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्टमा दुई फरक मन्त्रालयबाट फरक–फरक शीर्षकमा ५०–५० लाख गरेर कुल १ करोड बजेट विनियोजन भएको हो। 

ट्रष्टका लागि मन्त्री श्रेष्ठले आफ्नै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयबाट ५० लाख विनियोजन गरेका छन् भने भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट ट्रष्टको भवन निर्माण गर्न भने थप ५० लाख विनियोजन गरिएको छ।  

केहि दिन अगाडी बजेट पार्नकै लागि श्रेष्ठले अर्थमन्त्रीलाई थर्काएका समाचारहरु सार्वजनिक भएका थिए  ।

No comments:

Post a Comment