अर्जुनचौपारी गाँउपालिकाको चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न-Arjunchaupari - Reporters7

Breaking

Post Top Ad

 


Friday, July 15, 2022

अर्जुनचौपारी गाँउपालिकाको चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न-Arjunchaupari


अर्जुनचौपारी गाँउपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ  । पालिकाले आज सबै पक्षको उपस्थितिमा आफ्नो  चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो  
 कार्यक्रममा गाँउपालिका अध्यक्ष प्रकाश तिवारीले  गाँउपालिकामा भएको खर्च विवरण जान्ने अधिकार पालिकावासीको रहेको बताउंदै   हरेक तिन—तिन महिनामा सामाजिक सञ्जाल मार्फत आयव्याय सार्वजनिक गर्ने समेत बताए  ।
चौमासिक सार्वजनिक सुनुवाईमा जनताले राखेको जिज्ञासाको उत्तर दिदै पालिका अध्यक्ष तिवारीले आफ्नो पालिकालाई भ्रष्टाचारमुक्त बनाउने समेत बताएका छन् । 

त्यस्तै कार्यक्रमा बोल्दै तिवारीले  घर / घरमा पुगेर स्वास्थ्य सेवा दिने र  पुराना जनप्रतिनिधीले गरेका राम्रा  कामलाई पनि निरन्तरता दिने बताए  ।

त्यसैगरी कार्यक्रममा बोल्दै  उपाध्यक्ष सपना गुरुङ्ले विकासमा रचनात्मक सुधार गर्दै अगाडी बढ्ने बताइन् ।

त्यस्तै  कार्यक्रममा  प्रमुख प्रसासकिय अधिकृत उज्जल बहादुर बस्नेतले अगिल्लो बर्षमा १ सय ९७  योजना रहेको र सो अन्तर्गत  १० वटा मात्र काम सम्पन्न नभएको बताए  ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा २४ जनाले आफ्ना गुनासाहरु प्रस्तुत गरेका थिए । 

No comments:

Post a Comment