स्याङ्जामा ट्रक रोकेर चालकसँग दुर्व्यवहार गर्ने दुइजना प्रहरीको नियन्त्रणमा - Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Monday, June 27, 2022

स्याङ्जामा ट्रक रोकेर चालकसँग दुर्व्यवहार गर्ने दुइजना प्रहरीको नियन्त्रणमा - Syangja Update


सिद्धार्थ राजमार्गमा ट्रक रोकी चालकलाई अभद्र व्यवहार गर्ने २ जना पक्राउ 

स्याङ्जामा पर्ने सिद्दार्थ राजमार्गमा गुडिरहेको ट्रक रोकि अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन । 

प्रहरीले असार १२ गते बिहानै सिद्धार्थ राजमार्गमा भैरहवाबाट पोखरा तर्फ जांदै गरेको ग.१ ख. ६२२२ नं. को ट्रकलाई जबर्जस्ती  रोकि चालक संग रकम माग गरेको भन्ने सुचनाका आधारमा दुई जनालाइ पक्राउ गरेको हो । 

प्रहरीले  पुतलीबजार ३ वस्ने २४ बर्षिय  प्रसान्त गोर्खाली  र २३ बर्षिय सौगात जि.टी. पक्राउ गरेको जनाएको छ । 

उनिहरुलाइ १३ गते जिल्ला सरकारी वकिल कार्यालय स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनएको छ।

No comments:

Post a Comment