भरतपुर विमानस्थलमा आज बिहानै बिजुलीको तार सर्ट भएर एक्कासि आगलागी- Update - Reporters7

Breaking

Post Top Ad

 


Sunday, June 26, 2022

भरतपुर विमानस्थलमा आज बिहानै बिजुलीको तार सर्ट भएर एक्कासि आगलागी- Update

  


भरतपुर विमानस्थलको टावरनजिकै आइतबार बिहान बिजुलीको तार सर्ट भएर एक्कासि आगलागी भएको छ ।

आज बिहानै  पौने ४ बजेतिर टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासि आगो लागेको प्रहरीले जनाएको छ । 

तार सर्ट भएर लागेको आगोले बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगेको बताइएको छ । टावर नजिकै भएपनि  टावरमा भने  कुनै नोक्सानी नभएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार आगो १० मिनेटमै नियन्त्रणमा आएको थियो ।

यसले  उडान र अवतरणमा भने  कुनै पनि  असर  परेको छैन  । 

No comments:

Post a Comment