चर्चित र्यापर (G-BOB) लाई मानसिक दबाब दिने गरेका लामालाई प्रहरीले पक्राउ गरि सम्झाएर छाडेको छ -Update - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, February 1, 2022

चर्चित र्यापर (G-BOB) लाई मानसिक दबाब दिने गरेका लामालाई प्रहरीले पक्राउ गरि सम्झाएर छाडेको छ -Update


र्यापर सुदिप भण्डारी ( जी-बब ) लाइ मानसिक दबाब संगै अपशब्द बोलेको आरोपमा एक जना पक्राउ परेका छन्  । 

चर्चित र्यापर भण्डारीलाई अपशब्द प्रयोग गरेको भन्ने आरोपमा प्रहरीले ललितपुर निवासी अमृत लामालाई पक्राउ गरेको हो ।  

र्यापर भण्डारीलाई मानसिक दबाब दिने गरेको भन्ने थाहा पाएपछी  प्रहरीले लामालाई पक्राउ गरी सम्झाई बुझाई गरि छाडेको जनाएको छ   । 

पोखरा स्थित रामबजार प्रहरीले उनलाई पक्राउ गरि सामान्य  सोधपुछ गरि अब आइन्दा त्यसो नगर्न र निज भण्डारीलाई त्यो खालको मानसिक दबाब नदिन सुझाएको र निकट भविष्यमा त्यस्तो केहि भेटिए सो को जिम्मेवारी लिनुपर्ने गरि सम्झाएर छाडिएको बुझिएको छ। 

यता भण्डारीलाई प्रहरीले पोखराबाट सुरक्षित साथ घर (ललितपुर) पठाएको जनाएको छ ।

रिपोर्टर्स सेभेन संग कुरा गर्दै र्यापर भण्डारीले आफ्ना सबै डिजिटल अकाउन्टहरु पनि लामाले नै कब्जा गरेको बताएका छन्  ।  

लामाले डर धम्कि देखाउदै मानसिक तनाब समेत दिने गरेको दाबि र्यापर भण्डारीले गरेका छन्  । 

No comments:

Post a Comment