स्याङ्गजामा गाँजा सहित दुई युवा पक्राउ- Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, February 2, 2022

स्याङ्गजामा गाँजा सहित दुई युवा पक्राउ- Syangja Update


स्याङ्गजामा १ केजी ७५० ग्राम लागूऔषध सुकेको गाजाँसहित सोमबार  दुइ जना युवा  पक्राउ परेका छन्   ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ जयपतेमा खटिएको प्रहरी टोलीले लु ५२ प ५२११ नम्बरको मोटरसाइकल चेक जांच गर्दा अबैध गाँजा सहित दुइ जनालाई पक्राउ गरेको हो   । 


स्याङ्जाको गल्याङ - २ बस्ने २२ वर्षीय असिम विक र सोही ठाउँ बस्ने २१ वर्षीय सुमित विक लाइ उक्त गाँजा सहित पक्राउ गरेको हो   ।

 

प्रहरीले उनीहरुका सम्बन्धमा थप अनुसन्धान भैरहेको जनाएको छ ।

No comments:

Post a Comment