नयाँ वर्ष मनाउन गएका स्याङ्गजाका सुनिल उतै अस्ताए - Syangja - Reporters7

Breaking

Post Top Ad

 


Monday, January 3, 2022

नयाँ वर्ष मनाउन गएका स्याङ्गजाका सुनिल उतै अस्ताए - Syangja


नयाँ बर्षको खुसियाली मनाउन सडक महोत्सव गएका स्याङ्गजा फेदीखोलाका सुनिल गुरुङ घर फर्कन नपाइ विदा भएका छन्  ।

२०२१ सालको अन्तिम दिन लोकसाइड नयाँ बर्ष मनाउन गएका गुरुङलाइ ग २ च १११८ नम्बरको गाडिले ठकार दिँदा उनको ज्यान गएको हो । 

पैदल यात्रीको रुपमा बाटोमा हिंडिरहेका सुनिललाई गाडीले अनायासै ठक्कर दिएको थियो । 

मापसे गरेर गाडी चलाउने पोखरा लेखनाथका  २९ वर्षीय सुवास बिकलाइ भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

उनले सुनिललाई मात्र होइन पार्किङ गरेर राखेका ४ वटा सवारी साधनलाई ठक्कर दिएका थिए भने केहि घाइते समेत भएका थिए । 

फेदीखोला घर भएका सुनी पोखरा बस्दै आएका थिए । 

यता मापसे गरेर सवारी चलाउने चवारि चालकलाइ प्रहरीले नियन्त्रणमा लिएर कारबाही सुरु गरेको बताएको छ ।

यसरी मापसे गरेर सडकमा सवारी हाक्नेहरुकै कारण अनायसमा अकालमा ज्यान गुमाउनु पर्दा आफ्ना आफन्तको चोटलाई हामि कल्पना सम्म पनि गर्न सक्दैनौं । मापसे गरेर होस् या अनियन्त्रीत गतिमा सवारी चलाउनेलाई अलिक कडा सजायको व्यवस्था गरिनु अति आवश्यक देखिन्छ । 

No comments:

Post a Comment