पोखरा महानगरले बैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरि खोप अभियान सुरु गर्दै - Reporters7

Breaking

Post Top Ad

 


Saturday, January 1, 2022

पोखरा महानगरले बैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरि खोप अभियान सुरु गर्दै

 


पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले बैदेशिक रोजगारमा जानेहरुलाई लक्षित गरि कोरोना बिरुद्दको खोप अभियान पुन सुरु गरेको छ  । 

महानगर स्वास्थ्य महाशाखाले पौष १८ गते देखि सार्वजनिक विदाका दिन बाहेक पौष मसान्तसम्म वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई लक्षित गरि जन्सन (Janssen) खोप लगाइने जनाएको हो   ।  

महाशाखाले भिजाका आधारमा समेत खोप दिइने सूचना मार्फत जनाएको छ  । त्यस्तै शहरी स्वास्थ्य केन्द्र -७ रत्नचोक मा दैनिक ३०० जनालाई खोप दिइने लक्ष्य रहेको समेत महाशाखाले जनाएको छ  । 

खोपका लागि पासपोर्ट / भिजाको फोटोकपी वा भिजाको लागि आवेदन गरेका व्यक्तिहरुका हकमा सो खुल्ने प्रमाण र आधिकारिक परिचयपत्र अनिवार्य गरिएको महाशाखाले जनाएको छ  । 


No comments:

Post a Comment