पोर्चुगल पठाउने भन्दै ४० लाख ठगी गरेकाे आराेपमा २ जना पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, January 5, 2022

पोर्चुगल पठाउने भन्दै ४० लाख ठगी गरेकाे आराेपमा २ जना पक्राउ

  


पोर्चुगलमा आकर्षक कमाइ हुने र होटल तथा रेष्टुराँमा काम लगाइदिने भन्दै २ जनाबाट ४० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाण्डौ-३२ कोटेश्वरस्थित युनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालिका सञ्चालक र व्यवस्थापक रहेका छन् । ट्राभल सञ्चालक बाग्लुङ गल्कोट-६ घर भै हाल मैतिदेवीका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक सर्लाही बाग्मती-१ घर भै हाल ललितपुर बस्ने २४ वर्षीय समिर कार्की छन् ।

महानगरिय अपराध महाशाखाका अनुसार उनीहरुले वर्किङ भिषामा पोर्चुगल जान प्रतिव्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ भनि प्रलोभनमा पारेका थिए ।

उनीहरुले ४ जना पीडितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेका थिए । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धानको लागि उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ‌ पठाइएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ । 

No comments:

Post a Comment