फेसबुक ह्याक गरी रकम मागी अनलाईन ठगी गर्ने एक व्यक्ति प्रहरी नियन्त्रणमा - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, January 4, 2022

फेसबुक ह्याक गरी रकम मागी अनलाईन ठगी गर्ने एक व्यक्ति प्रहरी नियन्त्रणमा

 


बिभिन्न ब्यक्तिहरुको फेसबुक ह्याक गरी रकम मागी अनलाईन ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले  मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. १० मंगलबारे घर भएका किरण पाठकलाइ आज पक्राउ गरेको हो । 

पाठकले सर्वसाधारण लगायत उच्चपदस्थ ब्यक्तिहरुको समेत फेसबुक आईडि ह्याक गरी उक्त आईडिको दुरुपयोग  गरि आइडिमा भएका साथीहरुसंग नक्कली ब्यक्ती बनि बिभिन्न बाहानाआ रकम ठगेको आरोप लागेको प्रहरीले जनाएको छ ।

उनले आफुलाई अर्जेन्ट समस्या परेको देखाई विश्वास दिलाइ  बिभिन्न खातामा पैसा पठाउन लगाइ अनलाइन ठगी गरेको प्रहरीले जनाएको छ । 

पाठकलाई  ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परीसर टेकु काठमाण्डौ पठाईएको छ । 

No comments:

Post a Comment