महानगर बाल मञ्च पोखराको आयोजनामा पोखरा-२५ हेम्जाको दिव्यज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न ll - Reporters7

Breaking

Post Top Ad

 


Friday, November 5, 2021

महानगर बाल मञ्च पोखराको आयोजनामा पोखरा-२५ हेम्जाको दिव्यज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न ll

 मिति २०७८/०७/१८ गते लक्ष्मीपूजाका दिन महानगर बाल मञ्च, पोखराको आयोजना र बाबा फाउण्डेशन नेपालको सहयोगमा पोखरा-२५ हेम्जाको दिव्यज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा महानगर बाल मञ्च, पोखराका अध्यक्ष निर्देश सुबेदी, पो.म.न.पा-२५ हेम्जाका वडा अध्यक्ष शोभाकर तिमिल्सिना, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिकाहरु, मञ्चका सल्लाहकार सन्देश वि.क, साथै महानगर बाल मञ्च, पोखराका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम महानगर बाल मञ्चकी सचिव सविना रानाभाटले संचालन गरेकी थिईन भने स्वागत मन्तव्य मञ्चका कोषध्यक्ष सविन वि.कले दिएका थिए । सोहि कार्यक्रममा ४७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको महानगर बाल मञ्चका अध्यक्ष निर्देश सुबेदी बताए l

No comments:

Post a Comment