बेलायतमा पछिल्लो समय को'रोना संक्रमण दर बढ्दै ,मृत्यु हुने संक्रमितको संख्यामा पनि बृद्धि-Rseven - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, October 20, 2021

बेलायतमा पछिल्लो समय को'रोना संक्रमण दर बढ्दै ,मृत्यु हुने संक्रमितको संख्यामा पनि बृद्धि-Rseven


एजेन्सी,

बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको छ । यहाँ गएको २४ घन्टामा कम्तीमा पनि २२३ जनाको ज्यान गएको छ ।यो मृत्यु यसै वर्षको गत मार्च ९ पछिकै सबैभन्दा धेरै हो । सात महिनाअघि त्यस दिन यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि २३१ जनाको ज्यान गएको थियो ।


उता यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् । मंगलबार यहाँका सङ्क्रमितहरु करिब ५० हजार जनाको नजिक पुगेको थियो ।बेलायतका अधिकारीहरुले कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको बताएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।


बेलायतका स्वास्थ्य वैज्ञानिकहरुले पनि यो सुझाव दिएका छन् । उनीहरुले यहाँ हरेक दिन करिब ५० हजार जना सङ्क्रमित भेटिनु र मृत्यु दर पनि हरेक दिन २०० भन्दा माथि हुनुलाई गम्भीर भन्दै यहाँका सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् । यहाँ गएको २४ घन्टायता करिब ४४ हजार जना सङ्क्रमित भएका छन् । यो समेत गरी यहाँ सङ्क्रमित हुनेको संख्या ८५ लाख पुगेको छ ।


महिनौँपछि यहाँ ठूलो संख्याका सङ्क्रमितहरु पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ । यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

No comments:

Post a Comment