भारी बर्षाका कारण आएको बाढीले विराटनगर विमानस्थल डुबानमा, हवाईसेवा प्रभावित -Rseven - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, October 20, 2021

भारी बर्षाका कारण आएको बाढीले विराटनगर विमानस्थल डुबानमा, हवाईसेवा प्रभावित -Rseven


निरन्तरको भारी बर्षाका कारण आएको  बाढीले विराटनगर विमानस्थल डुबानमा परेको छ । 

स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग संगै  पार्किङ एरिया समेत  डुबानमा परेको बताइएको छ ।

यो संगै  बाढीले जलमग्न भएपछी यहाँबाट  हुने सबै आन्तरिक उडान समेत प्रभावित बनेका छन् ।  एयरलाइन्सहरुले सूचना निकालेर काठमाडौँदेखि विराटनगर गन्तव्यका सबै उडान रद्द गरिएको जानकारी गराएका छन् । यो संगै गन्तव्यमा पुग्ने यात्रुहरु अलपत्र भएका छन् ।

हाल देशको प्रदेश नं १ प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का थोरै र प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

No comments:

Post a Comment