नेकपा (एमाले) द्वारा भोलि लागी स्थायी कमिटी बैठक आह्वान- Rseven - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, October 20, 2021

नेकपा (एमाले) द्वारा भोलि लागी स्थायी कमिटी बैठक आह्वान- Rseven

 

नेकपा (एमाले)ले भोलि बिहिवारका लागी स्थायी कमिटी बैठक आह्वान गरेको छ । 

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजेका लागि  बैठक आह्वान गरिएको हो ।


बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेशका सम्बन्धमा छलफल हुने एक स्रोतले जनाएको छ ।

त्यस्तै बैठकमा हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा छलफल हुने समेत बताइएको छ  ।


एमालेको वडा अधिवेशन यही कात्तिक ६ गते र स्थानीय तहको अधिवेशन यही कात्तिक ९ गते तोकिएको छ । 

एमालेको राष्ट्रिय महाविधेशन आगामी मङ्सिर १० देखि १३ गतेसम्म बुटवलमा हुँदै छ ।

No comments:

Post a Comment