पहिरोले घर बगाउँदा एकै घरका छ जना बेपत्ता- Rseven - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, October 20, 2021

पहिरोले घर बगाउँदा एकै घरका छ जना बेपत्ता- Rseven


हुम्लामा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । खार्पुनाथ गाउँपालिका– ५ खर्पेल गाउँका धनवीरे शाहीको परिवारका ६ जना पहिरोमा परेर  बेपत्ता भएका हुन्  ।


बेपत्ता हुनेमा ३० वर्षीया धोक्ची, १० वर्षीय अलिन्द, ६५ वर्षीय धनवीरेसहित ५५ वर्षीय कलबहादुर,  ६ वर्षीय हुमेश र दुई वर्षका बालक समेत  रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले जानकारी दिए ।


गाउँमा पहिरोको जोखिम बढेकाले स्थानीयहरू विस्थापित भएर माडुमा आश्रय लिएर बसेको स्थानीयहरुले बताएका छन् ।

No comments:

Post a Comment