पन्ध्र बर्षपछि नेपाल फर्केका अम्मर गुरुङ्ग सम्मानित - Reporters7

Breaking

Post Top Ad

 


Sunday, October 3, 2021

पन्ध्र बर्षपछि नेपाल फर्केका अम्मर गुरुङ्ग सम्मानित


 सागर गिरि, 

पोखरा १७ बेलघारी छोरेपाटनले १५ बर्ष पछि नेपाल फर्केका अम्मर गुरुङ्गलाइ  सम्मानित गरेको छ ।

१५ बर्ष  अगाडि  अमेरिका छिरेका गुरुङ्ग सहित उनकी धर्मपत्नी नन्द सुब्बा गुरुङ्ग र  छोरी आशा गुरुङ्गलाई टोलबासीले सम्मान गरेका हुन् ।

टक्सार ८  स्याङ्जा  घर भै हाल  पोखरा १७ बेलघारी छोरेपाटन बसोबास गरिरहेका गुरुङले निरन्तर समाज विकासमा सहयोग  गरेको स्थानीय  झपिन्द्र राज रेग्मिले बताए  ।

देशबाहिर रहेर पनि आफ्नो देश र समाजमा गुरुङ र उनको परिवारले  उल्लेखनीय कार्यहरू गरेको तारानाथ पौडेलले जानकारी दिए   ।



टोल बिकासका अध्यक्ष बेद प्रसाद सुवेदीले संचालन गरेको  कार्यक्रममा बोल्दै अम्मर गुरुङ्गले टोलको भवन लाई अझै राम्रो बनाउनका लागि एक लाख सहयोग गर्ने बताए र दुखी गरिब का बच्चा पढ्न बाट बन्चित छ्न भने सम्पर्क गर्न समेत  आग्रह गरे  । 

No comments:

Post a Comment