स्याङ्गजाका इसिडी शिक्षकहरु आन्दोलित - Reporters7

Breaking

Post Top Ad

 


Monday, October 4, 2021

स्याङ्गजाका इसिडी शिक्षकहरु आन्दोलित


आश्विन १८, स्याङ्गजा अर्जुनचौपारी गाउँपालिकाका इसिडी शिक्षकहरु आन्दोलित बनेका छन् ।

सरकारले दिने भनेअनुसारको पारिश्रमिक नपाए पछि उनीहरु गाउँपालिका प्रमुखको कार्यालय कक्षमै धर्ना दिने निर्णयमा पुगेको बताएका छन्   ।


जिल्लाका अन्य स्थानीय तहका  बिभिन्न  विधालयका इसिडी शिक्षकहरुलाइ भनेअनुसारको तलबसुबिधा दिएपनि आँफुहरुलाई पालिकाले हेपाहा प्रवृति देखाएको भन्दै शिक्षकहरु रुष्ट बनेका छन्  ।


आफ्ना सेवा सुबिधा र पाउनुपर्ने अधिकारको लागि पालिकामा पुग्दा प्रशासकीय अधिकृत समेत रहेका  कमल  गाैतमले ''तपाईंको  कर्तव्य  के हाे ? किन बाल बच्चा छाेडेर आएकाे ? तपाईंहरुले त आफ्नाे कर्तव्य त सुरुमै बिर्सनु भयाे ?'' भन्ने जस्ता प्रश्न तेर्साएर आफ्नो अधिकारलाई कुण्ठित पार्न खोजिएको शिक्षकहरुको गुनासो छ । 


उनीहरुले  न्युनतम तलवमा भए पनि काम गरिरहेको  तर जिल्लाका अन्य शिक्षकहरुले सेवा सुबिधा प्राप्त गर्दा आँफुहरुलाइ पालिकाले कुनै चासो नदेखाएको  गुनासो शिक्षकहरुको रहेको स्थानीय विधालय सरस्वती आधारभूत विधालयका गणित शिक्षक रुद्र लम्सालले जाकारी दिए । 


त्यस्तै गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालले शिक्षकहरुको समस्या र मागका सम्बन्धमा सम्बन्धित निकाय संग कुरा गरेर छिट्टै पुरा गरिने आस्वासन दिए  । 


यता शिक्षकहरुले दशैँ अगावै आफ्ना समस्या सम्बोधन नभए अझै थप संघर्षका कार्यक्रमहरु सुरु गर्ने  चेतावनी समेत दिएका छन् 


No comments:

Post a Comment