स्याङ्जामा जिल्ला प्रशासनको अनुगमन, म्याद नाघेका मालबस्तुहरु जफत गरि नष्ट गरियो - Reporters7

Breaking

Post Top Ad

 


Sunday, October 3, 2021

स्याङ्जामा जिल्ला प्रशासनको अनुगमन, म्याद नाघेका मालबस्तुहरु जफत गरि नष्ट गरियो

 

राम बहादुर रोकाहा / स्याङ्जा 

 जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माको नेतृत्वमा रहेको अनुगमन टोलीले स्याङ्जा विभिन्न व्यवसायिक फर्महरुमा अनुगमन गरि म्याद नाघेका मालबस्तुहरु जफत गरि नष्ट गरेको छ । 



स्याङ्जाका स.प्र.जि.अ शर्माको नेतृत्व  साथै अर्जुनचौपारी गाउँपालिका , उद्योग वाणिज्य संघ , नेपाल प्रहरी , घरेलु कार्यालय , उपभोक्ता मंच लगायतका प्रतिनिधिहरुको सम्मीलितको अनुगमन टोलिले  अर्जुनचौपारी  गाउँपालिकाको सदरमुकाममा रहेका व्यवसायिक फर्महरुको अनुगमन गरेको हो ।


उक्त अनुगमन टोलिले अनुगमन गर्ने क्रममा म्याद नाघेका मालबस्तुहरु जफत गरि नष्ट  गरेको र व्यवसायीहरुलाई उपभोक्ता हित प्रतिकुल हुने कार्य नगर्न सचेत गराएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।



जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आफुले खरिद गर्ने मालबस्तुहरुको म्याद , म्याद सकिने मिति हेरेर मात्रै सामान किनि सचेत उपभोक्ताको भुमिका खेल्न सम्पुर्ण नागरिकलाई अनुरोध समेत गरेको छ ।

No comments:

Post a Comment