आज नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै, दर्शकलाई पनि मैदानमा प्रवेशमा अनुमति - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 2, 2021

आज नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै, दर्शकलाई पनि मैदानमा प्रवेशमा अनुमति


 भाद्र १७ ,आज  नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुनेभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सो खेल ५:३० बजे शुरु हुने भएको हो  ।

नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौँ आइपुगेको हो । मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेको हो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ ।

नेपाल र भारतबीच छ वर्षपछि फुटबल हुन लागेको हो । नेपालले यसअघि सन् २०१७ मा भारतको मुम्बईमा खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो ।

नेपाल र भारबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ । दुवै देशले चार खेलमा बराबरी खेलेका थिए ।

नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहनुभएको छ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।

यसैबीच नेपाल र भारतबीच आज हुने खेलमा दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्न दिइने भएको छ । त्यसका लागि खेल हेर्न जाने दर्शकले पीसिआर टेष्ट गरेको हुनुपर्ने वा दुवै खोप लगाएको कार्डलाई अनिवार्य गरिएको छ ।

एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ ।

No comments:

Post a Comment