बाढीले गाडी बगाउँदा २ जनाको मृत्यु, दुई जना बेपत्ता - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 2, 2021

बाढीले गाडी बगाउँदा २ जनाको मृत्यु, दुई जना बेपत्ता

सांकेतिक तस्बिर


भाद्र १७, दाङमा बाढीले गाडी बगाउँदा २ जनाको मृत्युभएको छ भने दुई जना बेपत्ता भएको छन् । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दुई दिदिबहिनीको मृत्युभएको हो भने अन्य दुई जना महिलालाई बाढीले बेपत्ता बनाएको छ ।


चालकलाई भने प्रहरीले उद्धार गरेको छ । भारतको रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।


घटनामा परि घोराही १३ का ३२ बर्षिय सुशिला श्रेष्ठ र घोराही १४ का ३० बर्षिय राधा श्रेष्ठ कुवरको शब फेला गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।


मृतक राधा र शुसिला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुनुहुन्छ । घटनामा घोराही १३ का ४० बर्षिय रितामाया पुन र घोराही १४ का ४२ बर्षिय विमला केसीलाई बाढीले बेपत्ता बनाएको छ ।


दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । चालक घोराही १५ का ४० बर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

No comments:

Post a Comment