भारतमा पुन कोरोना संक्रमितका बिरामी बढ्दै - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 2, 2021

भारतमा पुन कोरोना संक्रमितका बिरामी बढ्दै


 एजेन्सी,


भाद्र १७, भारतमा गएको चौबीस घण्टामा ४७ हजार ९०२ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । यसअघि दैनिक थपिने सङ्क्रमित ३० हजारदेखि ४० हजारसम्म पुष्टि हुँदै आएकोमा गएको चौबीस घण्टामा सङ्क्रमितको सङ्ख्या बढेको छ । थपिएका सङ्क्रमितमध्ये केरला राज्यका मात्रै ३२ हजार ८०३ जना छन् ।


भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ५०९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । जसमध्ये केरलाका मात्रै १७३ जना छन् ।


भारतमा हालसम्म कोरोना सङ्क्रमणले चार लाख ३९ हजार ५२९ जनाको मृत्यु भइसकेको छ । गएको चौबीस घण्टामा ३५ हजार १८१ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड २० लाख २८ हजार ८२५ जना कोरोनामुक्त भएका छन् । भारतमा हाल तीन लाख ८९ हजार ५८३ जना सक्रिय सङ्क्रमित छन् ।


गएको चौबीस घण्टामा करिब ८१ लाख कोभिड १९ विरुद्धको खोप लगाइएको छ । भारतमा हालसम्म ६६ करोड ३० लाख डोज खोप लगाइएको छ ।

No comments:

Post a Comment