पोखरीमा डुबेर दुइ बालकको ज्यान गयो - Reporters7

Breaking

Post Top Ad

 


Sunday, September 19, 2021

पोखरीमा डुबेर दुइ बालकको ज्यान गयो



आश्विन ३, पोखरीमा नुहाउन गएका दुइ बालकको ज्यान गएको छ  । वीरगन्ज महानगरपालिकाको वडा नं. १२ मा अवस्थित मुर्ली पोखरीमा डुवेर दुई जना नाबालकको मृत्यु भएको हो ।

वीरगन्ज महानगर वडा नं. १५ निवासी दीनेश साहका १७ वर्षीय छोरा आशिस गुप्ता र सोहि स्थान निवासी उमेष साह कानुको छोरा १२ वर्षीय प्रीतम गुप्ताको पोखरिमा डुबेर ज्यान गएको हो ।

नुहाउन गएका बालकहरु अबेरसम्म घरमा नफर्केपछि उनीहरुको बाबुआमाले प्रहरीलाई खबर गरेका थिए  ।

प्रहरीले खोज्ने क्रममा उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा भेटाएको र अस्पताल पुर्याउदा ज्यान गईसकेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment