नेपालको संबिधान दिवसको उपलक्ष्यमा रुसी महासङ्घका राष्ट्रपति पुटिनद्वारा शुभकामना व्यक्त - Reporters7

Breaking

Post Top Ad

 


Sunday, September 19, 2021

नेपालको संबिधान दिवसको उपलक्ष्यमा रुसी महासङ्घका राष्ट्रपति पुटिनद्वारा शुभकामना व्यक्त


आश्विन ३, नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गर्नुभएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाउँदै विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।


दुवै देशका जनताको हितमा हाम्रो सम्बन्ध अघि बढ्ने र त्यसले क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने विश्वास पनि राष्ट्रपति पुटिनले सन्देशमा व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रपति भण्डारीको सुस्वास्थ्य सफलताका साथै नेपाली जनताको शान्ति र हितको कामना गर्नुभएको छ ।

No comments:

Post a Comment