कास्कीमा भाद्र ३१ गते सम्म लाइ थपियो निषेधाज्ञा, पसलहरु साँझ ९ बजेसम्म संचालन गर्न सकिने - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 2, 2021

कास्कीमा भाद्र ३१ गते सम्म लाइ थपियो निषेधाज्ञा, पसलहरु साँझ ९ बजेसम्म संचालन गर्न सकिने


भाद्र १७, जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्ला भर निषेधाज्ञा थप गरेको छ  । आज बसेको बैठकले  जिल्ला भर लागु हुने गरि जेष्ठ ३१ गत्रे सम्मका लागि निषेधाज्ञा जारि गरेको हो ।

बिशेष गरेर कास्कीमा संक्रमणदर अझै पनि उच्च रहिरहेकाले  भिडभाड जन्य क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले आग्रह गरेको छ ।

सभा सम्मेलन , गोष्टि, जुलुस ,फुटपाथ पसलहरु , संचालन गर्न  नपाइने भएता पनि डिसिएमसीको सल्लाहमा नगरी नहुने संघसंस्थाहरुले स्वास्थ्य मापदण्ड अपनाएर आफ्ना कार्यक्रम  गर्न सकिने विज्ञाप्ति मा उल्लेख गरिएको छ ।

त्यसतै यो अवधिमा  शिक्षण संस्था हरु पनि बन्द रहेपनि अनलाइन कक्षाहरुलाई भने यथावत रुपमा संचालन गर्न सकिने छ। विश्व विधालय, लोकसेवा, र अन्य भौतिक रुपमा संचालन हुने परिक्षाहरु पनि संचालन गर्न नपाइने बताइएको छ । 

त्यसै गरि बिभिन्न व्यवसायहरु भने सामाजिक दुरी अपनाउदै  बेलुका ९ बजेसम्म संचालन गर्न पाइने छ ।

त्यसैगरी सार्वजनिक तथा निजि सवारी साधनहरुले पनि सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन भने सवारी साधनमा स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना भएको हुनुपर्ने बताइएको छ । 

प्रमुख जिल्ला अधिकार थानेश्वर गौतमका अनुसार  यदि जिल्लाले भने बमोजिम नगरेको पाइएमा कानुन अनुसार कारबाही हुने हुनेछ । 

विज्ञप्तिको पुरा विवरण :



No comments:

Post a Comment