शनिबार एक हजार चौबिस जनामा संक्रमण पुष्टि, दुइ हजार भन्दा बढी संक्रमणमुक्त - Reporters7

Breaking

Post Top Ad

 


Saturday, September 4, 2021

शनिबार एक हजार चौबिस जनामा संक्रमण पुष्टि, दुइ हजार भन्दा बढी संक्रमणमुक्त

 

भाद्र १९, आज पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका १ हजार २४ जना सङ्क्रमित थपिएका छन् । छ हजार ७५३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ६८ हजार २९५ पुगेको छ । हालसम्म ३९ लाख ५२ हजार ९४२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले गएको चौबीस घण्टामा दुई हजार १९५ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म सात लाख २५ हजार ६५१ जना कोरोनामुक्त भएका छन् । गएको चौबीस घण्टामा नौ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८१८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । मन्त्रालयले हाल नेपालमा ३१ हजार ८२६ जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ ।

No comments:

Post a Comment