शनिबार गण्डकी प्रदेशभर एक सय १८ जनामा संक्रमण पुष्टि, कास्कीमा एक सय तिसजना, तिन जिल्लामा शुन्य - Reporters7

Breaking

Post Top Ad

 


Saturday, September 4, 2021

शनिबार गण्डकी प्रदेशभर एक सय १८ जनामा संक्रमण पुष्टि, कास्कीमा एक सय तिसजना, तिन जिल्लामा शुन्य

 

भाद्र १९, आज शनिबार गण्डकी प्रदेशभर १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा बिभिन्न प्रयोगशालामा  गरिएको परिक्षणमा प्रदेशभर ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुने जिल्लहरुमा सबैभन्दा उच्च कास्की जिल्ला रहेको छ भने आज पछिल्लो २४ घण्टामा मुस्ताङ, मनाङ र पर्वतमा कुनैपनि संक्रमित भेटिएका छैनन् । 

कास्कीमा सबैभन्दा बढी १३० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपरासी पूर्वमा १८ जना,स्याङ्गजा र लमजुङ्गमा १३/१३ जना, तनहुँमा ७ जना, म्याग्दीमा ५ जनामा संक्रमण पुष्टि भएको छ भने बाग्लुङ्ग र गोरखामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा ९३ जना महिला र ९५ जना पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा कुनैपनि कोरोना संक्रमितको ज्यान गएको छैन ।

No comments:

Post a Comment