कास्कीका दर्जनौं नयाँ युवाहरुलाइ युवा संघ नेपालद्वारा स्वागत - Reporters7

Breaking

Post Top Ad

 


Saturday, September 4, 2021

कास्कीका दर्जनौं नयाँ युवाहरुलाइ युवा संघ नेपालद्वारा स्वागत

दिपक सुवेदी ,
भाद्र १९, कास्कीमा ५८ जना युवाहरु युवा संघ नेपालमा प्रबेश गरेका छन्।  पोखराका युवा व्यवसायी पीउरो वाटर  सप्लायर्सका  प्रबन्धक श्री अशोक खड्का को नेतृत्वमा ५४ जना सहित अन्य ४ जना गरि ५८ जना पार्टी प्रवेश गरेका हुन्  ।

उनीहरुलाइ आज कास्कीमा भएको एक बिशेष कार्यक्रमका बिच गण्डकी प्रदेशका पुर्व मुख्य मन्त्री एवं  नेकपा एमालेका पार्टी सचिव पृथ्बी सुब्बा गुरुङ ले खादा लगाएर स्वागत गरेका थिए ।



त्यस्तै समाज विकासको लागि राजनीतिक परिवर्तन आवश्यक रहेको बताउंदै उपस्थित नेताहरु राजिव पहारी,  महेन्द्र गुरुङ लगायतले नयाँ युवाहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा पुर्व मुख्यमन्त्री समेत रहेका गुरुङले नयाँ पुस्ताहरु समाज परिवर्तनका संवाहक भएको बताउँदै समाज संगसंगै देश परिवर्तनमा लाग्नु पर्ने बताएका थिए ।

No comments:

Post a Comment