संखुवासभा मादी हत्या प्रकरणमा पक्राउ परेका कार्कीले दिए यस्तो बयान - Reporters7

Breaking

Post Top Ad

 


Saturday, September 11, 2021

संखुवासभा मादी हत्या प्रकरणमा पक्राउ परेका कार्कीले दिए यस्तो बयान



भाद्र २६, संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले सुरुको बयान दिएका छन् । 


उनले  हेपाइ सहन नसकेको र आवेगमा आएर हत्या गरेको प्रारम्भिक  बयान प्रहरीसमक्ष दिएका हुन् । 


उनका अनुसार व्यक्तिगत रिसिबीकै कारण आवेगमा पछाडीबाट आक्रमण गरेको बुझिएको छ । परिवारका अन्य सदस्यका कारण आँफु बदनाम हुने भन्दै परिवारका बाँकी सदस्यलाई पनि मरेको सुरुको बयानमा खुल्न आएको हो ।


 गत सोमबार मादी –१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

No comments:

Post a Comment