नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ७७ जनामा संक्रमण पुष्टि - Reporters7

Breaking

Post Top Ad

 


Saturday, September 11, 2021

नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ७७ जनामा संक्रमण पुष्टि


 नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७७७ जना सङ्क्रमित थपिएका छन् । गएको २४ घण्टामा छ हजार १३७ आरटीपीसीआर परीक्षण गरिएकोमा ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै तीन हजार ७०३ वटा एन्टीजेन परीक्षण गर्दा २१७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ३६८ जना कोरोनामुक्त भएको जनाएको छ ।


यसैगरी पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९३६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

No comments:

Post a Comment