जेलमा दुइ समूह बीच झडप हुँदा सयभन्दा बढीको ज्यान गयो - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 30, 2021

जेलमा दुइ समूह बीच झडप हुँदा सयभन्दा बढीको ज्यान गयो


एजेन्सी, इक्‍वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।


इक्‍वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ । झडपमा पाँच जना कैदीहरुको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको समाचार छ ।


प्रहरी कमाण्डरका अनुसार कैदीहरुले पनि जेल भित्रबाट ग्रेनेड फ्याँकेको थिए । विश्वव्यापी लागू औषध गिरोहसँग सम्बन्धित कैदीहरु रहेको यस जेलमा दुई पक्ष बीच झडप भएपछि त्यहाँ रहेका ४ सय प्रहरीलाई नियन्त्रणमा लिन कठिन भएको थियो ।


लागू औषध तस्करी सम्बन्धी शक्तिशाली म्याक्सिकन गिरोह इक्‍वेडरबाट संचालित रहेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । गत फेब्रुअरीमा पनि जेलभित्रै झडप हुँदा ७९ जना कैदीको मृत्यु भएको थियो ।

No comments:

Post a Comment