आज प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 30, 2021

आज प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै


आश्विन १४, प्रधानमन्त्री  शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन्  ।


प्रधानमन्त्री निवास बालुवाटरमा आज बिहान १० बजे सङ्घीय संसद्‍ प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएको  प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।


बैठकमा  समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने बताइएको छ । 


सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा (एमाले)ले सभामुखको केही कार्यप्रति असन्तुष्टी जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ ।


बैठकमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।

No comments:

Post a Comment