ईपीएलमा चितवन टाइगर्सले काठमाडौं किङ्स्लाइ हरायो - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 30, 2021

ईपीएलमा चितवन टाइगर्सले काठमाडौं किङ्स्लाइ हरायो


 एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा काठमाण्डाै किङ्ग्स इलाभेनलाई चितवन टाइगर्सले  तीन विकेटले हराएको छ । 


यो संगै  चितवन चार अङ्कसहित शीर्ष स्थानमा पुग्न सफल भएको छ ।  चितवनका सागर ढकालले चार र करिम जनतले दुई विकेट लिन सफल भए । चितवनका लागि राजेश पुलामीले सर्वाधिक २६ र दिलिपनाथ र कमलसिंह ऐरीले समान २३/२३ रन बनाए ।


त्यस्तै  काठमाण्डौ दुई अङ्कसहित चौथो स्थानमा रहेको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४१ रन बनायो । काठमाण्डौका जितेन्द्र मुखिया र रायन बर्लले दुई/दुई विकेट लिन सफल भए ।


खेल त्रिवि क्रिकेट मैदानमा काठमाण्डौमा भैरहेको छ । 



No comments:

Post a Comment