स्याङ्गजा जिल्लाका ११ स्थानीय तहमा ५० करोडभन्दा बढी बजेट बेरुजु - Reporters7

Breaking

Post Top Ad

 


Saturday, August 21, 2021

स्याङ्गजा जिल्लाका ११ स्थानीय तहमा ५० करोडभन्दा बढी बजेट बेरुजु

 


भाद्र ५, स्याङ्जाका एघारवटा स्थानीय तहको ५० करोडभन्दा बढी बजेट बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार स्याङ्गजामा ५० करोडभन्दा बढी बजेट बेरुजु देखिएको हो । 

गएको बर्ष जिल्लाभरका स्थानीय तहमा ५० करोड ६६ लाख ९३ हजार बजेट अनियमित रुपमा खर्चिएको पाइएको हो  । 

प्रतिशतको आधारमा जिल्लाको सबैभन्दा बढी बेरुजु अर्जुन चौपारी गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा देखिएको छ । जस अनुसार अर्जुनचौपारी गा.पा. मा    ७.७६ प्रतिशत देखिएको छ भने  कालीगण्डकी गाउँपालिकामा ०.८९ प्रतिशत रहेको तथ्यांक छ । 

गएको २ बर्षको  प्रतिवेदनमा अर्जुन चौपारी र हरिनास गाउँपालिकामा बेरुजु बढेको देखिएको  छ भने फेदीखोला,  आधिँखोला,  विरुवा र  कालीगण्डकी  गाउँपालिकामा घटेको तथ्यांक छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार पुतलीबजार नगरपालिकामा ६ करोड १९ लाख ९९ हजार  ,गल्याङ नगरपालिकामा पाँच करोड ७६ लाख ५१ हजार,  चापाकोट नगरपालिकामा रु एक करोड ७६ लाख १२ हजार, भीरकोट नगरपालिकामा  २ करोड ३५ लाख १६ हजार , वालिङ नगरपालिकामा २ करोड ८६ लाख ९७ हजार बेरुजु देखिएको  छ । 

त्यस्तै अर्जुनचौपारी गाउँपालिकामा  ४ करोड ४७ लाख ४० लाख , आँधीखोला गाउँपालिकामा  एक करोड १७ लाख ९१ ,कालीगण्डकी गाउँपालिकामा ९ करोड ८७ लाख , फेदीखोला गाउँपालिकामा एक करोड ३३ लाख ५५ हजार , विरुवा गाउँपालिकामा  १ करोड ८१ लख ५३ हजार , हरिनास गाउँपालिकामा  दुई करोड ५२ लाख ६५ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदन उल्लेख  छ ।


No comments:

Post a Comment