पछिल्लो २४ घण्टामा एक हजार ४२४ जनामा कोरोना सङ्क्रमण पुष्टि - Reporters7

Breaking

Post Top Ad

 


Saturday, August 21, 2021

पछिल्लो २४ घण्टामा एक हजार ४२४ जनामा कोरोना सङ्क्रमण पुष्टि

 


भाद्र ५, पछिल्लो २४ घण्टामा एक हजार ४२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ७०३ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पाँच हजार ३७२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६५१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ७५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ९५ हजार ९१२ पुगेको छ । सङ्क्रमणका कारण थप ३० जनाको मृत्यु भएको छ । योसँगै दश हजार ४८५ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

No comments:

Post a Comment