शनिबार कास्कीमा १७३ जनामा कोरोना संक्रमण पुष्टि , ५ संक्रमितको मृत्यु , ज्यान गुमाउनेमा ७३ दिनकी बालिका पनि - Reporters7

Breaking

Post Top Ad

 


Saturday, August 21, 2021

शनिबार कास्कीमा १७३ जनामा कोरोना संक्रमण पुष्टि , ५ संक्रमितको मृत्यु , ज्यान गुमाउनेमा ७३ दिनकी बालिका पनि


भाद्र ५, आज शनिबार कास्कीमा १७३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कास्कीका बिभिन्न स्थानमा गरि १ सय ७३ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमित हुने हरु मध्ये ९० जना महिला र ८३ जना पुरुष रहेको निर्देशनालयले जनाएको छ । 
त्यस्तै पछिल्लो २४ घण्टामा कास्कीमा ५ जना संक्रमितले ज्यान गुमाएका छन्  । 
ज्यान गुमाउनेहरुमा कास्की रुपा गाउँपालिका -३ कि ७४ बर्षीय महिला ,पोखरा महानगर -१९ कि ७२ बर्षीय महिला, पोखरा महानगर ३१ कि ७३ दिनकी बालिका , पोखरा -१४ कि ७१ बर्षीय महिला र पोखरा महानगर -३२ का ८१ बर्षिय पुरुष रहेका छन् 

No comments:

Post a Comment