पछिल्लो २४ घण्टामा गण्डकीमा थपिए ५०४ जना संक्रमित , कास्कीमा सबैभन्दा बढी - Reporters7

Breaking

Post Top Ad

 


Thursday, August 19, 2021

पछिल्लो २४ घण्टामा गण्डकीमा थपिए ५०४ जना संक्रमित , कास्कीमा सबैभन्दा बढी

 


भाद्र ३,  गण्डकी प्रदेशमा थप ५०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछील्लो २४ घण्टामा २४९ महिला र २५५ जना पुरुष गरि थप ५०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा २६८, स्याङ्गजामा ५५, बागलुङमा २५,  म्याग्दीमा १९, पर्वतमा २,गोरखामा ३३, लमजुङमा ३९ तनहुँमा ३८ र नवलपुरमा २५ जनामा संक्रमण देखिएको हो । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७७ हजार ८४७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा प्रदेश्भर ५ संक्रमितको ज्यान गएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ ।

No comments:

Post a Comment