पछिल्लो २४ घण्टामा दुई हजार ३२१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु - Reporters7

Breaking

Post Top Ad

 


Thursday, August 19, 2021

पछिल्लो २४ घण्टामा दुई हजार ३२१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु

 


भाद्र ३, पछिल्लो २४ घण्टामा दुई हजार ३२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ९४६ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ४९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा दुई हजार १२६ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ४२९ जनाको मृत्यु भइसकेको छ ।

 अहिलेसम्म ९३.१४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

No comments:

Post a Comment