भारतको बिहारबाट ७ जना नेपाली युवतीको उद्धार - Reporters7

Breaking

Post Top Ad

 


Saturday, August 28, 2021

भारतको बिहारबाट ७ जना नेपाली युवतीको उद्धार

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिंदा महाकालीमा खसेका दार्चुलाको व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी नदीमै बेपत्ता हुनपुगेका थिए ।  

साउन १५ गते  तुइन काटेर महाकाली नदीमा खसालिएपछि तिन दिन सम्म पनि शव नभेटिएपछी कुशको शव बनाएर परिवारले उनको शतिगति गर्यो  । 

बिभिन्न निकायबाट उनको परिवारले न्याय पाउनुपर्ने आवाज उठेपनि सरकारले भारतीय पक्षसंग यो पक्षमा  स्पष्ट  कुरा भने गरेन । सरकारले लियो  त मात्र प्रक्रिया पुरा गर्ने बाटो ! छानबिन गर्ने भनेर औपचारिकता पुरा गर्न टोलि बनाए पनि अझै एक महिना बितिसक्दा पनि उक्त टोलीले प्रतिवेदन बुझाउन सकेको छैन ।  

यसैबीच   सरकारले पिडित परिवारलाई पैसा दिएर उल्टै घटनाको ढाकछोप तिर लागिरहेको बुझ्न सकिन्छ  ।

छिमेकीले आएर सिधै अपराध गर्दा पनि कठपुतली बनेर किन उभिई रहन्छ सरकार ? आफ्ना दलीय स्वार्थमा जे पनि गर्न पछी नहट्नेहरुले एउटा नागरिकले अकालमा कसैका कारण ज्यान गुमाउनु पर्दाको उसको परिवारको पिडा किन बुझ्दैन सरकार ?  

दार्चुलाको व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका थिए। घटनाको एक महिना पुग्न लाग्दा पनि छानबिन समितिले प्रतिवेदन बुझाउने तयारी नगरेपछि सरकारले भारतको दबाबमा पैसा दिएर यो विषय ढाकछोप गर्न खोजेको आरोप परिवारले लगाएको छ। 


वैदेशिक रोजगारीमा जान काठमाडौँ हिँडेका जयसिंह भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा महाकालीमा खसेका थिए। लगत्तै परिवार, स्थानीय र सुरक्षाकर्मीहरु जयसिंहको खोजीमा जुटे। तर महाकालीमा पानीको बहाव अत्याधिक हुनाले उनको केही अत्तोपत्तो चलेन। त्यसपछि परिवारले कुशको शव बनाएर तेस्रो दिन जयसिंहको अन्त्यष्टि ग¥यो।


ad

भारतीय एसएसबीको यो ज्यादतीले सबैको ध्यान खिच्यो र जयसिंहको न्यायको लागि सडकदेखि संसदसम्म आवाज उठ्यो। साउन १७ गते गृहमन्त्री बालकृष्ण खाणले सहसचिव जनार्दन शर्माको संयोजकत्वमा छानबिन समिति बनाए। 


ad

समितिमा सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन्।


यो समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो। साउन २१ गते छानबिन टोली घटनास्थल भारतको गस्कु पुगेको थियो। टोलीले घटनास्थल अवलोकन, प्रत्यक्षदर्शी, स्थानीयसँग कुराकानी गरेर घटनाको अध्ययन ग¥यो। 


तर छानबिन टोलीले समयसीमामा प्रतिवेदन बुझाउन सकेन। घटना घटेको झण्डै एक महिना पुग्नै लाग्दा पनि प्रतिवेदन बुझाएको छैन। बरु प्रतिवेदन बुझाउने प्रक्रियालाई पटकपटक लम्ब्याउँदै लगेको छ। 


स्थलगत निरीक्षण नसकिएको भन्दै साउन २५ मा पहिलो पटक सात दिन म्याद थप गरिएको थियो। त्यसपछि भदौ १ मा दोस्रो पटक सात दिन म्याद थप गरियो। अहिले भदौ ८ मा पनि प्रतिवेदन लेख्न भन्दै तेस्रो पटक म्याद थप गरिएको छ। 


छानबिन समितिको प्रतिवेदन पछि सरकारले आवश्यक निर्णय लिने गृहमन्त्री खाणले बचन दिएका थिए। तर, समितिका दुई सदस्य बिदामा रहेकाले प्रतिवेदन लेखनमा ढिलाइ भएको बताइएको छ। 


छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेर जयसिंहलाई न्याय गर्नुको सट्टा सरकारले सरकारले पीडित परिवारलाई आर्थिक सहयोग दिने विषयलाई प्राथमिकता दिएको छ। 


बिहीवार सरकारले जयसिंहको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। छानबिन समितिको प्रतिवेदन आउनुअगाडि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेर सरकारले घटना ढाकछोप गर्न खाजेको आशंका परिवारलाई छ।


पीडित परिवारलाई सरकारले पैसा दिएर घटना ढाकछोप गर्न खोजेको बेपत्ता जयसिंहका भाइ नरेन्द्र सिंह धामी बताउँछन्।


‘प्रतिवेदन सार्वजनिक गर्न छाडेर प्रतिवेदन आउनुअगाडि नै पैसा दिएर सरकारले घटना मत्थर पार्न खाजेको देखिन्छ,’ उनले नेपालखबरसंग भने, ‘हाम्रो सरकारलाई भारत सरकारले दबाब दिइरहेको छ। त्यसैले यतिका दिनसम्म पनि प्रतिवेदन आएन।’


घटनाको सत्य, तथ्य छानबिन गरेर दोषीमाथि कारबाही गरे पछि मात्रै राहत दिन उचित हुने उनको भनाइ छ। 


‘दोषीमाथि कारबाही नगरी राहत दिनुमा घटना यसै सामसुम पार्ने सरकारको नियत देखिन्छ,’ उनले भने, ‘पहिला हामीलाई न्याय चाहिन्छ। न्याय पछि मात्रै राहत दिने कुरामा सरकार जानुपर्थ्यो।’


तत्काल छानबिन प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने जयसिंहको परिवारको माग छ। आर्थिक सहयोगभन्दा पनि जयसिंहलाई न्याय दिएर सरकारले छोराछोरीको शिक्षा, स्वास्थ्यको ग्यारेन्टी गर्नु पर्ने नरेन्द्रसिंह बताउँछन्।


गरिब परिवारका जयसिंह महाकालीमा बेपत्ता भएपछि उनको परिवार बिचल्लीमा परेको छ। उनको घरमा श्रीमती, डेढ वर्षकी छोरी र पाँच वर्षकी छोरी छन्। 

No comments:

Post a Comment