सरकार संगको सम्झौता तोड्दै बेचिएको मणिपालले करिब ९८ करोड रुपैयाँ नेपाल सरकारलाई तिर्न बाँकी - Reporters7

Breaking

Post Top Ad

 


Friday, August 27, 2021

सरकार संगको सम्झौता तोड्दै बेचिएको मणिपालले करिब ९८ करोड रुपैयाँ नेपाल सरकारलाई तिर्न बाँकी


भाद्र ११, गण्डकी प्रदेश पोखरामा अवस्थित भारतीयको लगानी रहेको मणिपाल  अस्पताल  ३ अर्ब २५ करोडमा नेपालीलाई बिक्रि गरे संगै तिर्न बाँकी कर कसले तिर्छ भन्ने प्रश्न उठिरहेको छ  ।

करिब २७ बर्ष अगाडी देखि संचालमा आएको उक्त अस्पतालको न त नक्सा नै पास भएको छ न त बक्यौता सम्पत्ति कर नै तिरिएको छ ! अस्पतालले नक्सा पासको काम देखि लिएर बक्यौता सम्पति कर सम्म गर्दा  करिब  ९७ करोड ६० लाख  रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

 १९९२ अक्टोबर देखि   नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप बीच ४९ वर्षसम्म मेडिकल कलेज सञ्चालन गर्ने सहमति भएर त्यसपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको  थियो ।

१ हजार १ सय कर्मचारी कार्यरत रहेको उक्त अस्पतालले पोखरा महानगरलाई मात्रै  २१ करोड ७० लाख रुपैयाँ बराबरको रकम बुझाउनै बाँकी छ । त्यति मात्र नभएर अस्पतालले  पोखरा महानगरलाई वार्षिक सम्पत्ति करबापत पनि  करोडौं रुपैयाँ बराबरको रकम  बुझाएको छैन ।

निरन्तर राज्यलाई बुझाउनु पर्ने कर तिर्न आनाकानी गरिरहेको अस्पताल प्रशासनले नेपाल सरकारसंग ४९ वर्षपछि सरकारलाई फिर्ता गर्ने सम्झौता भएपनि मिति भन्दा अगाडी नै अस्पताल  बिक्रि गरेको हो ।

No comments:

Post a Comment