एक महिनामै एक खर्ब ५० अर्ब बढीको आयात, सबैभन्दा पढी पेट्रोल - Reporters7

Breaking

Post Top Ad

 


Friday, August 27, 2021

एक महिनामै एक खर्ब ५० अर्ब बढीको आयात, सबैभन्दा पढी पेट्रोल


भाद्र ११, भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८/०७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार रु एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो ।

आयात हुने मध्ये सबैभन्दा बढीआयातित वस्तु पेट्रोल रहेको छ  ।  विभागले सार्वजनिक गरेको एक महिनाको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा धेरै आयात हुने सामग्रीको उच्च स्थानमा पेट्रोलियम पदार्थ रहेको हो । 

एक महिनामा रु १८ अर्ब १३ करोड बढीको पेट्रोलियम पदार्थको आयात भएको छ ।

आयातको उच्च स्थानमा रहेको तेल निर्यातको पहिलो स्थानमा रहेको छ । नेपालमा तेस्रो देशबाट तेलका लागि आवश्यक कच्चापदार्थ आयात गरी नेपालमा प्रशोधन गरी पुनःतेस्रो मुलुक पठाइने गरिएको छ । एक महिनामा नेपालबाट रु ११ अर्ब ९३ करोड बढीको तेलजन्य वस्तुको निर्यात गरिएको छ ।

एक महिनाका अवधिमा १०२ देशबाट रु एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार एक महिनाको अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट रु ८९ अर्ब ४८ करोड ६३ हजार बराबरको आयात भएको छ । 

भारतपछि ठूलोमात्रामा आयात चीनबाट भएको छ । चीनबाट एक महिनामा रु २० अर्ब ९७ करोड ६६ लाख बराबरको आयात भएको छ ।

यस्तै एकै महिनामा चार अर्ब ११ करोड रुपैयाँको तरकारी, तीन अर्ब २० करोड रुपैयाँको फलफूल र एक अर्ब १८ करोड रुपैयाँको चिया/कफी आयात भएको छ ।

यस्तै चालू आवको पहिलो एक महिनामा रु २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ ।

No comments:

Post a Comment