इञ्जिनीयरिङ कलेजलाई पढाइ शुल्क नलिन शिक्षा मन्त्रालयको पत्राचार - Reporters7

Breaking

Post Top Ad

 


Thursday, August 26, 2021

इञ्जिनीयरिङ कलेजलाई पढाइ शुल्क नलिन शिक्षा मन्त्रालयको पत्राचार


भाद्र १०, सरकारले प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्णयबमोजिम इञ्जिनीयरिङ कलेजलाई कोभिड-१९ सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिन विभिन्न विश्वविद्यालयलाई पत्राचार गरेको छ ।

सो समितिले ‘इञ्जिनीयरिङ कलेजको विवादित शुल्कका विषयमा कोभिड-१९ सङ्क्रमण कायमै रहेका अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिने व्यवस्था गर्न’ सरकारलाई निर्देशन दिएको थियो ।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाबाट हिजो त्यसबारे निर्णय भई सम्बन्धित विश्वविद्यालयलाई बोधार्थ दिइएको मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment