प्रदेश नं एकको मुख्यमन्त्रीमा नेता भीमप्रसाद आचार्य - Reporters7

Breaking

Post Top Ad

 


Thursday, August 26, 2021

प्रदेश नं एकको मुख्यमन्त्रीमा नेता भीमप्रसाद आचार्य


भाद्र १०, नेकपा (एमाले) संसदीय दलका नेता भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले आजै मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

उहाँलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नेपालको संविधानको धारा १६८ (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सो अवसरमा निवर्तमान मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।

यसअघि आचार्य आजै नेकपा (एमाले) प्रदेश नं १ को संसदीय दलको नेतामा चयन हुनुभएको थियो ।

No comments:

Post a Comment