फुटबल विवाद: मुख्य प्रशिक्षक अलमुताइरीलाई सचेत गराउन समितिको सिफारिस - Reporters7

Breaking

Post Top Ad

 


Thursday, August 26, 2021

फुटबल विवाद: मुख्य प्रशिक्षक अलमुताइरीलाई सचेत गराउन समितिको सिफारिस


भाद्र १०,  फुटबल विवादबारे राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बनाएको छानविन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सचेत गराउन सिफारिस गरेको छ ।

रोखेप सदस्य रेनुका श्रेष्ठ, सुवर्णकेशरी श्रेष्ठ र चन्द्रबन्दना राई, राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राखेप कानून शाखा प्रमुख नारायणराज अर्याल र राखेप सङ्घसंस्था समन्वय शाखा प्रमुख सरोजकुमार पोखरेल सदस्य रहेको टोलीले सो सिफारिस गरेको हो ।

समितिले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई हिजो आफ्नो प्रतिवेदन बुझाएको हो । समितिले फुटबलमा विवाद सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अलमुताइरीलाई सचेत गराउन उक्त प्रतिवेदनमा सिफारिस गरेको हो ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कोही कसैलाई लक्षित गरेर धारणा राख्न अलमुताइरीलाई रोक्नुपर्ने सो प्रतिवेदनमा उल्लेख छ । अल्मुताइरीले राजीनामासम्बन्धी आफ्नो विवादास्पद धारणा फेसबुकमार्फत सार्वजनिक गरेकामा त्यसलाई अविलम्ब हटाउन समितिले राखेपलाई सुझाव दिएको छ ।

समितिले मुख्य प्रशिक्षक अलमुताइरीलाई अखिल नेपाल फुटबल (सङ्घ) एन्फासित भएको सम्झौताअनुसार नै गतिविधि गर्न सुझाव दिएको छ ।

विवाद सिर्जना हुने कुनै किसिमको गतिविधि नगर्न अलमुताइरीलाई सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ । एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षकलगायतलाई आफ्नो पदीय मर्यादालाई ध्यानमा राखेर कार्य गर्न समितिले निर्देश गरेको छ । खेलकूद क्षेत्रलाई धुमपान र मध्यपान निषेधित क्षेत्र बनाउनुपर्नेमा उक्त प्रतिवेदनमा जोड दिइएको छ ।

No comments:

Post a Comment